Section 11
प्रतिवेदन दिनु पर्ने

(१)  जाँचबुझ समितिले दफा १० को उपदफा (३) बमोजिम ठहर गरिसकेपछि सो कुराको प्रतिवेदन सभामुख समक्ष पेश गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम पेश भएको प्रतिवेदनमा अन्य कुराको अतिरिक्त देहायका कुराहरू हुनु पर्नेछ ः

(क) जाँचबुझको संक्षिप्त विवरण,

(ख) जाँचबुझ गर्दा जाँचबुझ समितिले ठहर गरेको वा निष्कर्ष निकालेको विषय,

(ग) खण्ड (ख) बमोजिम ठहर गर्न वा निष्कर्ष निकाल्न लिइएका आधार तथा प्रमाणहरू,

(घ) कुनै विशेषज्ञ वा अधिकारीले सो सम्बन्धमा कुनै राय दिएको भए सो सम्बन्धी विवरण,

(ङ) भ्रष्टाचारजन्य खराब आचरणको सम्बन्धमा जाँचबुझ गरिएको भए दफा १० को उपदफा (२) बमोजिम प्राप्त प्रतिवेदनको विवरण,

(च) आरोप ठहर गर्न वा नगर्न लिइएका अन्य आवश्यक   कुराहरू ।